Friday, 10 September 2010 11:53 pm  
 

सोलु समाचार साप्ताहिक पत्रिका प्रकाशन हु

सोलुखुम्बुवाट पहिलो पटक प्रकाशित भएको सगरमाथा साप्ताहिक पुनः प्रकाशन हुने भएको छ ।

२०६४ बैशाखमा प्रकाशन शुरु भएको सगरमाथा साप्ताहिकको नाममा सुचना विभागमा त्यस अघि नै अर्को पत्रिका दर्ता भएका कारण नाम परिवर्तन गर्न भनिए पछि सो पत्रिका प्रकाशन बन्द भएको थियो ।

पत्रिका प्रकाशन बन्द हुँदा सगरमाथा साप्ताहिक १५ अंक प्रकाशन भइसकेको थियो । यस पटक भने सुचना विभागवाट समेत स्वीकृति लिएर सोलु समाचार साप्ताहिकका नाममा पत्रिका प्रकाशन हुन लागेको हो । नाम परिवर्तन गरी पत्रिका प्रकाशनका लागि जिल्ला प्रशासन कार्यालयले अनुमति पत्र समेत प्रदान गरिसकेको छ ।

सोलु एफएमले प्रकाशन गर्ने यो पत्रिकाको सम्पादकमा ङिमा पाख्रिन र कार्यकारी सम्पादकमा मनोजकुमार श्रेष्ठ रहनु भएको छ । पत्रिका सोलुखुम्बु तथा छिमेकी जिल्लामा मात्र नभएर काठमाण्डौ लगायत देशका विभिन्न भाग र बिदेशमा समेत विभिन्न माध्यमवाट पुर्याइने सम्पादक पाख्रिनले जानकारी दिनुभयो ।

पत्रिका प्रकाशनको लागि करीब २ महिना अघिदेखि भइरहेकेा र तयारी अन्तिम चरणमा पुगेको पत्रिका श्रोतले जानकारी दिएको छ ।

Views : 174 | Email This Page | Last Updated : Feb 17 2010 Wednesday 12:44:11 AM

Other News

कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा

सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।

व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्

नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।

एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम

२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ । अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।

एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë

२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् । जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।

 
Solu News (Audio) Awards
RJ Profile Photo Gallery
Volunteers Partners
Mgnt Council Success Stories
News and Events
Latest song Requests FM
Song Halla Chalechha raajai requested by Sabin Rana Magar of kerung-7 Angpang Solukhumbu......Now UAE
2009-07-28 00:00:00
Solu Samachar
www.tamangsamaj.com
Listen Online Solu News
First Download Realplayer
Latest Head Lines
Message Board  [Post Message]
kipa sherpa : hello
"dear solu fm family tasidele and namaste sabelai ma yas fm ko niyamit sortabayko natale - Full Message..."

Posted On : 2010-02-04 00:06:19

yangdu sherpa : टासी देलेक !
"टासी देलेक सेर्प - Full Message..."

Posted On : 2010-02-03 07:26:07

kunga sherpa : good job.
"hello every one.iam kunga sherpa form tak tor beni.now days i am in u.s.a. newyork.solu fm doing gre - Full Message..."

Posted On : 2010-01-20 09:27:13

Web Hosting in Nepal Suported by Tamang Media and Marketing Pvt. Ltd. Chabail Kthmandu