२३ माघ २०६६
सल्लेरी/सोलुखुम्बु
काठमाण्डौबाट सोलुखुम्बुको फाप्लुको लागी उडेकेा नेपाल एअरलाईन्सको बिमानमा प्रबिधिक कठिनाई आएपछि रामेछापको मन्थली विमानस्थलमा आपतकालिनन अबतरण गरिएकेा छ ।
१७ जना यात्रु बोकेर उडेकेा बिमानमा प्राबिधिक समस्या आएपछि मन्थलीमा आपतकालीन अबतरण गरेर संभावित ठुलो दर्ुघटना टरेेको नेपाल एअरलाईन्स फाप्लुले जनाएको छ । बिमान मन्थलीमा अबतरण भएपछि काठमाण्डौबाट प्राबिधिक लगी मर्मत गरेर काठमाण्डौ जान लाग्दा फेरी पनि बिमानमा समस्या आएर मन्थलीमा नै अबतरण गरिएकेा विमानका यात्रु दीपक राजभण्डारीले जानकारी दिनुभयो ।
बिमानमा थप समस्या आएकोले यात्रुलाई अर्को बिमानबाट काठमाण्डौ लगिएको छ भने उक्त बिमान भने मर्मतको क्रममा मन्थलीमा नै राखिएको छ ।
मनोज श्रेष्ठ
सोलु एफएम सोलुखुम्बु
कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा
सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।
व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।
एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम
२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।
एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë
२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् ।
जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।