सोलु एफएमको झण्डा सगरमाथामा
सोलु एफएमको झण्डा सगरमाथामा
सामुदायिक रेडियो सोलु एफएम १०२.२ मेगाहर्जको झण्डाले विश्वको सर्वोच्च शिखर सगरमाथा चुमेको छ । यहि जेठ १५ गते सोलु एफएमका साथमा सोलु एफएम सञ्चालक संस्था योङ स्टार क्लवको झण्डा सोलुखुम्बु बेनीका ल्हाक्पा गेलु शेर्पाले सगरमाथामा पुर्याउनु भएको हो ।
यस अघि पनि ३ पटक सगरमाथाका सफल आरोहण गरिसक्नु भएका शेर्पाले सोलु एफएम र योङ स्टार क्लवको झण्डा सगरमाथामा पुर्याउन सकेकोमा हषिर्त भएको बताउनुभयो । जेठ १५ गते सर्वोच्च शिखर सगरमाथामा पुग्दा मौसम खराब भएकोले शिखरमा धेरै समय बिताउन नसकेको वहाको भनाई छ ।
८ हजार भन्दा माथीको उचाईमा पुगे पछि मौसम खराबीकै कारण २० घण्टा भन्दा बढि समय लागेको जानकारी पनि शेर्पाले दिनुभयो । यसै सिजनमा शेर्पाले ल्होत्से हिमालको समेत सफल आरोहण गर्नुभएको थियो ।
काठमाण्डौवाट सगरमाथा आरोहण गर्न हिडेको ८० दिन पछि सगरमाथा आरोहण गरी नाम्चे बजार र्फकनु भएका आरोही ल्हाक्पा गेलु शेर्पाले सगरमाथामा आफुले सोलु एफएम र योङ स्टार क्लवको झण्डाको साथमा फोटो समेत खिचेको जानकारी नाम्चे बजारवाट दिनुभयो । आरोही शेर्पा काठमाण्डौ पुगेर सोलुखुम्बु र्फकने कार्यक्रम रहेको छ ।
Views : 189 | Email This Page | Last Updated : Jun 3 2008 Tuesday 06:04:56 AM
Other News
कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा
सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।
व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।
एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम
२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।
एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë
२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् ।
जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।