नेपाल बार एसोसीयसनर् इकाई सल्लेरीका सचिव समर बहादुुर कार्कीले आफुले प्रयोग गरेको कार्यालयका काठपात बुझाउनु भएको छ । करिव ५ बर्षअगाडी सचिव कार्कीले व्यक्तिगत प्रयोगका लागी घरमा लैजानुभएको काठ केही दिन अघि मात्र कार्यलयमा बुझाउनु भएको हो ।
कार्यालयमा भएका काठपात लगेर प्रयोग गरेको र साथीहरुले पटक-पटक आग्रह गर्दा पनि फिर्ता नगरेको समाचार सोलु एफ.एम.ले प्रसारण गरेपछि वहाँले काठ फिर्ता गर्नुभएको नेपाल वार एसोसीयसनर् इकाई सल्लेरीका कोषाध्यक्ष दिपेन्द्र कुमार शर्माले जानकारी दिनुभयो । वहाँले संचारमध्ययमले आफ्नो गल्ती औल्याएर राम्रो गरेको भन्दै यसबाट आफुमा आत्मग्लानी भएको र काठ फिर्ता गरेको बताउनु भयो ।
कोषाध्यक्ष शर्माका अनुसरा सचिव कार्कीले यसअघि जिल्ला न्यायधिससँग काठ फिर्ता गर्ने प्रतिबद्धता जनाएको भएपनि आलटाल गर्दै आउनु भएको थियो । सचिव कार्कीले ब्यक्तिगत प्रयोगका लागि लगेको काठपात नबुझाएको समाचार सोलु एफएमले पटक पटक प्रसारण गरेपछि काठ बुझाएको भन्दै एशोसियसनकोर् इकाई कार्यालयले सोलु एफएमलाई धन्याबाद दिएको छ ।
कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा
सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।
व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।
एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम
२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।
एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë
२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् ।
जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।