लाक्पा गेलुलाई सम्मान
२ साउन, २०६५
सोलु एफएम र योङ स्टार क्लवको झण्डाका साथमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुहुने बेनीका ल्हाक्पा गेलु शेर्पालाई आज सम्मान गरिएको छ ।
योङ स्टार क्लवमा आयोजित एक कार्यक्रममा शेर्पालाई माननीय जिल्ला न्यायधिश शालिग्राम कोइरालाले दोसल्ला ओढाएर सम्मान गर्नुभएको हो ।
कार्यक्रममा उपस्थित विभिन्न कार्यालयका प्रमुख तथा योङ स्टार क्लवका सदस्यहरुका साथमा योङ स्टार क्लवका अध्यक्ष तथा सोलु एफएम सञ्चालक समितिका अध्यक्ष बुद्धिनारायण श्रेष्ठ र सोलु एफएमका कार्यक्रम व्यवस्थापक मनोज श्रेष्ठले पनि शेर्पालाई खादा लगाएर सम्मान गर्नुभयो ।
शेर्पाले सोलु एफएम र योङ स्टार क्लवको झण्डा लिएर यहि जेठ १५ गते सगरमाथाको सफल आरोहण गर्नुभएको थियो । यस अघि पनि वहाले सगरमाथको ३ पटक सफल आरोहण गरिसक्नु भएको छ । कार्यक्रममा शेर्पाले हिमाल चढ्दाका आफ्ना अनुभवहरु सुनाउनु भएको थियो वहाले योङ स्टार क्लव र सोलु एफएम जस्तो सम्मानित र उच्च संस्थाको झण्डा लिएर आफूले सगरमाथा चढ्न पाउादा हषिर्त भएको समेत बताउनुभयो ।
Views : 213 | Email This Page | Last Updated : Jul 17 2008 Thursday 09:47:16 PM
Other News
कार्यक्रम परदेशवाट आजदेखि सोलु एफएममा
सामुदायिक रेडियो सोलु एफएमले आजदेखि कार्यक्रम परदेशवाट सञ्चालन गर्दैछ । आफ्नो ठाउँ छाडी देश बिदेशमा रहेकाहरुको सन्देश घरपरिवारसम्म पु¥याउने उद्देश्यले यो कार्यक्रम शुरु गर्न लागिएको हो । कार्यक्रममा विभिन्न ठाउँमा भएका व्यक्तिहरुले आफ्नो घर परिवारसम्म सन्देश निशुल्क रुपमा पठाउन पाउनेछन् ।
व्यक्ति हत्या गरेर एमालेको रगत सकिन्छ भन्
नेकपा एमाले ओखलढुंगाका अध्यक्ष यज्ञराज सुनुवारले हत्या गरिएका ओखलढुंगा एमालेका नेता छबिलाल कार्कीको हत्यारा जुनै हालतमा पनि पक्राउ पर्नेमा विश्वास्त हुनुहुन्छ । नेकपा एमाले कानुन र संविधानमा विश्वास गर्ने पार्टी भएकोले हत्यारालाई कानुनी कठघारामा उभ्याएर कानुन सम्मत् कार्वाही गर्न‘पर्नेमा जोड दिनुहुने सुनुवार घटनामा माओवादी सम्लग्नता भएको दाबी गर्नुहुन्छ । मृत्यु हुनु अघि पनि कार्की स्वयम्ले आफूलाई माओवादीले आक्रमण गरेको जानकारी गराएको बताउने सुनुवार कार्की हत्याले तत्कालिन रुपमा एमालेलाई ठूलो क्षति पुगे पनि शोकलाई शक्तिमा बदल्नु पर्ने बताउनुहुन्छ । कसैले हत्या गरेर एमालेको रगत नसकिने, अझ एमाले मजबुत हुने दाबी गर्ने सुनुवार कार्की हत्याकाण्डमा माओवादीको संस्थागत सम्लग्नता समेत भएको हुन सक्ने आशंका गर्नुहुन्छ ।
एसएलसीमा सोलुखुम्बुवाट फूर्वा प्रथम
२०६६ सालको एसएलसी परिक्षामा सोलुखुम्बुवाट फूर्वा तेन्जिङ शेर्पा प्रथम हुनु भएको छ । खुम्जुङ माध्यमिक विद्यालयवाट एसएलसीमा सहभागी हुनु भएका फुर्वाले ८६ प्रतिशत अंक प्राप्त गर्नुभएको जिल्ला शिक्षा कार्यालय सोलुखुम्बुले जनाएको छ ।
अधिराज्य भरी नै उत्तीर्ण प्रतिशतमा वृद्धि भएको यस बर्ष सोलुखुम्बु जिल्लामा नियमित र एक्जाम्टेड तर्फ १ हजार ६ सय ६९ जना सहभागी भएका थिए । उत्तीर्ण प्रतिशत कुल सहभागी विद्यार्थीको ८१ प्रतिशत हो ।
एसएलसीमा सोलुखुम्बुवाट नियमित तर्फ८१ प्ë
२०६६ सालको एसएलसी परीक्षामा नियमित तर्फसोलुखुम्बु जिल्लावाट ८१ प्रतिशत विद्यार्थी उत्तिर्ण्र्ााएकाछन् ।
जिल्लावाट परीक्षामा सहभागी भएका १ हजार ५ सय ९० परीक्षार्थी मध्ये १ हजार २ सय ८२ जना उत्तिर्ण्र्ााएका हुन् । जस मध्ये १९ जना बिशिष्ट श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । ३७७ जना प्रथम श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् भने ८३७ जना द्धितीय श्रेणीमा उत्तिर्ण्र्ााएकाछन् । यसै गरी तृतीय श्रेणीमा उत्तिर्ण्र्ााुनेको संख्या ४९ जना रहेको छ । ४ जनाको नतिजा भने स्थगनमा परेको छ ।